२०८१ बैशाख ३० गते आइतबार
ट्रेन्डिङ
अनेरास्ववियु बैतडी

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु बैतडी ले गर्यो दुई बिद्यालयमा संगठन बिस्तार

SansherOnline SansherOnline
मङ्गलबार ०६, पुष २०७८ ०५:५६
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु बैतडी ले गर्यो दुई बिद्यालयमा संगठन बिस्तार

आषिस माल बैतडी ।नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बैतडीले संगठन बिस्तारलाई तीब्रता दिएको छ । आज मङ्गलबार अनेरास्ववियु बैतडी ले मणिलेक मा.वि.गुरखोलामा हिरा भाटको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्षमा भुवन राज भट्ट सचिवमा कमला भट्ट सहसचिवमा पुस्पा भट्ट र सुरेन्द्र भन्डारिलाइ चयन गरेको हो । 

यस्तै निङ्गलाशैनी मा.बि.देहिमान्डौमा सरस्वती रावत को अध्यक्षतामा ५९सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्षमा कलावती बोहरा सचीवमा किरण जोशी सह सचीवमा आरती बोहरा चयन भएका अनेरास्ववियु बैतडी जिल्ला सचिवालय सदस्य राम सिह माल ले जानकारी दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियू बैतडी जिल्ला सह इन्चार्ज सन्तोष राना रहनु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई सम्बोधन गर्दै रानाले बर्तमान शिक्षाले उत्पादनमा जोड दिनुपर्ने तत्काललिन रुपमा शिक्षाको गुणस्तर मा ध्यानाकर्षणगराउने उचित बाताबरणमा अध्यन अध्यापन गराउने पर्ने विद्यार्थीहरुको हक हित र अधिकार को लागि आफ्नौ संगठन कटिबद्ध भएर लाग्ने  बताउनु भएको छ ।कार्यक्रममा अनेरास्ववियू बैतडी जिल्ला सचिवालय सदस्य राम सिह माल मोनोज बोहरा प्रेम सिह कार्की लगाएत अन्य नेताकार्यकर्ताको उपस्थिति सहित कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो।

प्रतिक्रिया