२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार ०६, मङि्सर २०७८ ०२:४५
सुदूरपश्चिममा मलको चरम अभाव, चिन्तामा किसान

 सुदूरपश्चिममा गहु खेती लगाउने समय आधा सकिदा पनि किसानले अझै मल पाएका छैनन्। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि गहु बाली लगाउने समयमा किसानले मल नपाएका हुन्। अन्तराष्ट्रिय बजारमा नै मलको मुल्य दोब्बरले बढेका कारण खरिद गर्न नसकिएको तर्क सरकारी निकायको छ।

यस वर्ष पनि समयमा मल नपाउँदा हैरान भएको किसान दिपेन्द्र चौधरीले बताए। ‘नेपाल सरकारले मल दिन नसक्ने इतिहास नै बनिसकेको छ,’ उनले भने, ‘मल नपाउदा उत्पादन घट्ने निश्चित छ।’ मलकै कारण कृषि उत्पादन बढ्ने भए पनि समयमा उपलब्ध नहुँदा किसानहरु चिन्तित भएका छन्। विषेश गरी कृषि गरेर दैनिकी चलाउने किसानहरु मलको चरम अभाव भोग्दै आएका छन्।

सुदूरपश्चिममा दुई सरकारी निकायले कृषि सामाग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनले मल वितरण गर्दै आएका छन्। तर जम्मा आवश्यकताको ३० प्रतिशत आपूर्ति गर्दै आएको साल ट्रेडिङ कर्पोरेसनसँग भने मलको मौज्दात शुन्य छ। गहुँ बालीका लागि डिएपी मल आवश्यक पर्छ। तर डिएपी मलकै मौज्याद शुन्य छ।

प्रतिक्रिया