२०८१ जेठ ०७ गते सोमबार
ट्रेन्डिङ

धनगढी मा बसोबास गर्ने बैतडेलिहरु बिच स्वागत तथा भेट्घाट कार्यक्रम सम्पन्न

SansherOnline SansherOnline
बुधबार २९, मङि्सर २०७८ ०८:२१
धनगढी मा बसोबास गर्ने बैतडेलिहरु बिच स्वागत तथा भेट्घाट कार्यक्रम सम्पन्न

बैतडी । आफ्नो स्थापना काल देखि नैं समाज सेवाका विभिन्न कार्यहरू गर्दै आई रहेको बैतडी  समाज कैलालीले धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय अधिबेशनको सिलसिलामा  बैतडी बाट धनगढी पाल्नु भएका सामाजिक अगुवाहरु र धनगढी मा बसोबास गर्ने बैतडेलिहरु बिच स्वागत तथा भेट्घाट कार्यक्रम सम्पन्न गरेको छ। 

उक्त कार्यक्रम लाई सम्बोधन गर्दै समाजका अध्यक्ष श्री माया प्रकाश भट्ट ले समाजले गर्ने गरेका समाजिक कार्यहरु माथी प्रकाश पार्दै, बैतडेली हरु बिच बलियो एकता एवम् समग्र धनगढी बासिहरु बिच भाईचाराको सम्बन्ध स्थापित गर्दै बिशुद्द मानविय सेवा गर्ने समाजको मुल उद्देश्य रहेको बताउनु भएको छ।

प्रदेश शभा सदस्य रहनु भएका माननीय प्रेम प्रकाश भट्ट,पुर्चौंडी नगरपालीका का नगर प्रमुख, रण बहादुर कुंवर तथा थुप्रै माओवादी नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको उक्त कार्यक्रममा बोल्दै पुर्चौँडी नगर प्रमुखले संसारको जुनसुकै कुनामा पनि बैतडेली भेट हुँदा आफ्नै किसिमको आत्मीयता, आनन्द र खुशी महसुस हुने कुरा बताँउदै समाजका लागि आफू र आफ्नो पार्टी तह बाट हरेक किसिमको साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दै न्यानो स्वागतका लागि बैतडी समाज कैलालिलाई धन्यवाद दिनु भएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माननीय प्रेम प्रकाश भट्टले समाजले यसैगरि समाजिक र मानविय सेवाको कार्य गर्दै समाजमा समन्वय कायम गरि छरिएर रहेका बैतडेली हरुलाई भावनात्मक रुपले जोड्दै जानू पर्ने कुरामा जोड दिनु भएको छ।

समाजका अगुवा हरुको बाक्लो उपस्थिति बिच सम्पन्न उक्त कार्यक्रममा हिजो सम्पन्न क्षेत्रीय अधिबेशनमा बैतडी बाट चुनिनु भएका प्रदेश सदस्यहरुले उक्त स्वागत का लागि हार्दिक आभार ब्यक्त गरेका छन् । 

ऋद्दिसिद्दी प्यालेशमा कार्यक्रम निकै भब्यताका साथ सुसम्पन्न भएको र यसैगरी बैतडी बाट थुप्रो जनसमुदाय धनगढी आएको मौका छोपी आगन्तुक हरुलाई स्वागत गर्दै समाजको परिचय एवम् समाजको महत्त्व र उद्देश्यका बारेमा समेत जानकारी गर्न गराउन यस्ता कार्यक्रम गर्ने गरेको कुरा समाजका कार्यसमिति सदस्य एवम् समाज को सचिवालय प्रमुख नव राज पन्त ले बताउनु भएको छ।


 

प्रतिक्रिया