२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ
माओवादी

सुदूरपश्चिम माओवादीको सम्मेलन प्रदेश सदस्य घोषणा गरी सकियो

SansherOnline SansherOnline
बुधबार २९, मङि्सर २०७८ ११:५८
सुदूरपश्चिम माओवादीको सम्मेलन प्रदेश सदस्य घोषणा गरी सकियो

बैतडी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश  सम्मेलनमा नेतृत्व चयनमा भएको रस्साकस्सीका कारण अन्ततः सुदूरपश्चिम प्रदेश कमिटी घोषणा भएको छ । ढिलो गरी सुरु भएको बन्द सत्रले मंगलबार नेतृत्व चयन नगरी ११३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो ।

आइतबार सम्ममा सकिनु पर्ने सम्मेलन नेतृत्व चयनका को ढिलाइका कारण मंगलबार सम्ममा लम्बिएको थियो । तर ढिलो गरी भए पनि  प्रदेश कमिटी  घोषणा ले केही सहज बनाएको नेकपा माओवादी केन्द्रका नगर सचिव रमेश भट्टराईले जानकारी दिए ।

केहीबेर निर्वाचन आयोगका प्रमुख डा केदार चन्द्र भट्टले महिला,युवा,दलित,मुस्लिम लगायत समानुपातिक सदस्यको छानबिन गरी सनाखत पछि मात्र प्रदेश कमिटी घोषणा गरेको उनले बताए ।  प्रदेश सदस्यमा कैलाली बाट ६०, बाजुरा १५,डडेलधुरा १५, दार्चुला १६,डोटी १९,बैतडी १९,बझाङ १९, अछाम २२,कञ्चनपुर बाट २८ जना निर्वाचित भएको उनले बताए । 

निर्वाचित प्रदेश सदस्यको पहिलो बैठक बाट नेतृत्व छनौट गर्ने उनले बताए । यही पुस ११ देखि १३ गते  केन्द्रमा हुने   राष्ट्रिय सम्मेलनका लागि ८९ जना प्रतिनिधि छनौट गरेको छ । डोटी  ८,बैतडी ८,डडेलधुरा ७ अछाम बाट ८ जना प्रतिनिधि छनौट भएका छन् ।त्यस्तै बाजुरा ५,बझाङ ६ , दार्चुला ५, कैलाली २४ र कञ्चनपुरबाट १८ जना छनौट भएको उनले बताए । 

प्रतिक्रिया