२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरु

SansherOnline SansherOnline
शनिबार २५, मङि्सर २०७८ ०३:४५
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरु

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी धनढीमा माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु भएको हो । सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गरेका हुन् ।

सम्मेलनमा प्रदेशका नौं वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलन भोलिसम्म चल्ने बताइएको छ । सम्मेलनबाट ९ पदाधिकारीसहित २ सय २३ जनाको प्रदेश कमिटी चयन हुनेछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौँ जना पदाधिकारीसहित २ सय २३ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ। २ सय २३ जनामध्ये १० प्रतिशत भने मनोनित हुनेछन्। 

प्रतिक्रिया