२०८१ जेठ ०६ गते आइतबार
ट्रेन्डिङ

बैतडीमा एसइईका परीक्षा केन्द्र २५ तोकिए, प्राबिधिक र ग्रेडबृद्धिको अलग्गै केन्द्र हटाइयो

SansherOnline SansherOnline
बुधबार ०३, फागुन २०७९ ०८:१५
बैतडीमा एसइईका परीक्षा केन्द्र २५ तोकिए, प्राबिधिक र ग्रेडबृद्धिको अलग्गै केन्द्र हटाइयो

बैतडी : बैतडीमा एसइई परीक्षाको लागि २५ केन्द्र तोकिएको छ । जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट जिल्लामा परीक्षा केन्द्र तोकिएका हुन् । आइतबार बसेको बैठकबाट जिल्लामा २५ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्करराज शर्माले जानकारी दिए ।

परीक्षाको केन्द्र तोकिएको र अन्य आन्तरिक तयारी भइरहेको शर्माले बताए । यसअघि प्राबिधिक धार र ग्रेड बृद्धिका लागि तोकिएको शाहिलेक स्थित बिरेन्द्र माविको अलग्गै परीक्षा केन्द्र हटाइएको छ भने अब उक्त विद्यालयमा नियमित परिक्षा केन्द्रमात्रै कायम रहेको छ । अन्य परिक्षा केन्द्र पनि यथावत रहेका छन् । 

यसवर्ष ग्रेडबृद्धि र प्राबिधिक धारका परीक्षर्थीले पनि सम्बन्धीत विद्यालयको परीक्षा केन्द्रबाटै परीक्ष दिन पाउने भएका छन् । यसअघिका वर्षहरुमा प्राबिधिक धार र ग्रेडबृद्धिका परीक्षार्थीहरुको लागि अलग्गै केन्द्र तोकिने गरिएको थियो । अब सम्बन्धीत विद्यालयका नियमित विद्यार्थीले दिने केन्द्रबाटै परिक्षा दिन पाउने स्पष्ट पारिएको छ । ‘गत वर्षहरुमा ग्रेडबृद्धि र प्राबिधिक धारका विद्यार्थीहरुले बिरेन्द्र मावि शाहिलेकको केन्द्रबाट मात्र परिक्षा दिदै आएका थिए, अब उनिहरुले सम्बन्धीत विद्यालयको केन्द्रबाटै परीक्षा दिन पाउने छन्,’ सूचना अधिकारी शर्माले भने । 

यहि चैत १७ गतेदेखि हुन गईरहेको एसइई परीक्षामा बैतडीबाट नियमित तर्फ ५,१८४ र ग्रेडबृद्धिका १४४ गरी ५३२८ विद्यार्थी सहभागि हुदैछन् । एसइई परीक्षाको लागि अन्य आन्तरीक तयारी भईरहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ । 

प्रतिक्रिया