२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

कांग्रेस सुदूरपश्चिम : बलायरले ल्याए प्रारम्भीक नतिजामै फराकिलो मतको अन्तर

SansherOnline SansherOnline
आइतबार १९, मङि्सर २०७८ ०६:३२
कांग्रेस सुदूरपश्चिम : बलायरले ल्याए प्रारम्भीक नतिजामै फराकिलो मतको अन्तर

बैतडी– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बीरबहादुर बलायरले प्रारम्भीक नतिजामै फराकिलो मतकोअन्तर लिएका छन् ।

शनिबार मध्यरातिदेखि शुरु भएको मतगणनामा सभापतिका उम्मेदवार बलायरले ३४२ मत पाएका छन् । सभापति पदका अर्का प्रतिस्पर्धी नारायणदत्त मिश्रले १४९ मत पाएका छन् । सभापतिका उम्मेदवार बलायर सभापति शेरबहादुर देउवा निकटका हुन् ।
मिश्र नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् । प्रारम्भीक चरणमा देखिएको सुदूरपश्चिम कांग्रेसको सभापतिको नतिजाअनुसार बलायरले जित्ने पक्का जस्तै रहेको देख्न सकिन्छ । मतगणना जारीनै रहेको छ ।

यस्तो छ यहाको समुह प्यानल 

सुदूरपश्चिम प्रदेश

संस्थापन समूह

सभापति – बीरबहादुर बलायर 

उपसभापति – लोकराज अवस्थी (बैतडी)

उपसभापति – जनक चौधरी (कैलाली)

महामन्त्री –  सभापति नरनारायण शाह ‘मनु’ (कैलाली )

महामन्त्री –  मेखराज खड्का (अछाम)

सह–महामन्त्री – चिन्तामणि भट्ट (कञ्चनपुर)

सह–महामन्त्री –  गोपाल भट्ट (कञ्चनपुर)

सह–महामन्त्री –अम्बिका चलाउने (अछाम)

संस्थापन इतर समूह

सभापति – नारायणदत्त मिश्र

उपसभापति – गोपाल गुरुङ (कञ्चनपुर)

उपसभापति – मानबहादुर रावल (बाजुरा)

महामन्त्री – प्रताप गुरधामी (बझाङ)

महामन्त्री – रामबहादुर शाही (अछाम)

सह–महामन्त्री –  पदमराज पन्त (दार्चुला)

सह–महामन्त्री – नरेन्द्र भट्ट (बैतडी)
 

प्रतिक्रिया