२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा सहिद दिवसको अवसरमा नगर स्तरीय महिला  टि-२०   क्रिकेट प्रतियोगिता हुने

SansherOnline SansherOnline
शनिबार ०७, माघ २०७९ ०५:३६
बैतडीमा सहिद दिवसको अवसरमा नगर स्तरीय महिला  टि-२०   क्रिकेट प्रतियोगिता हुने

बैतडी ; सहिद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा  माघ ९ गतेदेखी नगर स्तरीय महिला  टि-२०   क्रिकेट प्रतियोगिता हुने भएको  छ  । नगर खेलकुद बिकास समिती ले आयोजना गरेको उक्त  प्रतियोगिता देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा  सञ्चालन हुने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिएका   छन ।

 नगरका ७ टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

भने प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५र१५ सय, अनुशासित टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।

दशरथचन्द नगरपालिका प्रमुख  पुस्करराज जोशी लख्खाभाई का  अनुसार महिलाहरुको क्रिकेट खेलतर्फ रूची बढाउने सोचले प्रतियोगिता  आयोजना गरिएको   हो ।  


एसका साथै प्रतियोगिताको समापनको दिन दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू लाई  दोसल्ला  र कदरपत्रसहित सम्मान गरिने जानकारी दिएका   छन 

प्रतिक्रिया