२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शनिबार ०५, कार्तिक २०७९ १०:१७
बैतडीमा चोरीको आरोपमा २ जना पक्राउ

बैतडी –बैतडीमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चोरी गरेको आरोपमा पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका वडा नं –४ का २० बर्षीय भुपेश भट्ट र सोही ठाउँका २१ बर्षीय खेमराम तिरुवा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दशरथचन्द नगरपालिका –१ स्थित मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । पक्राउ परेका दुवै जनामाथि चोरी मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान कार्य भइरहेको उनले बताए 
दुवै जनाले दशरथचन्द नगरपालिका लगायतका अन्य विभिन्न स्थानमा समेत ल्यापटप चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया