२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शुक्रबार २८, असोज २०७९ ०५:२०
मधेस सरकारद्धारा तिन मन्त्री पदमुक्त

जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार पदमुक्त गरेका छन् । कांग्रेसका तीनै जना मन्त्रीलाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेश प्रमुख कार्यालयलाई पठाइसकेको छ । 
संघीय सरकारले जनता समाजवादी पार्टी जसपाका मन्त्रीहरूलाई बिहीबार पदबाट हटाएको भोलिपल्ट मधेसका मुख्यमन्त्री राउतले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेका छन् । यादव भौतिक पूर्वाधार तथा यातायात, शर्मा खानेपानी तथा सिञ्चाइ र सिंह महिला, बालबालिका तथा खेलकुद मन्त्री थिए । 

प्रतिक्रिया