२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

डोटीको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी

SansherOnline SansherOnline
बुधबार ०८, भदौ २०७९ १०:५७
डोटीको  बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी

डोटी । डोटीको एक गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। जिल्लाको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो । मंगलबार गाउँपालिकाले विगतमा करारमा राखेका कर्मचारीद्दारा आफूहरुलाई हटाएको भन्दै तालाबन्दी गरेका हुन्। गाउँपालिकाले गत साउन २८ गते ७ जना कर्मचारी करार हटाइएको थियो। ति हटाइएका  करार कर्मचारीले आफ्नो पुर्नवहालीको माग गर्दै आएका छन ।  
यता गाउँपालिकाका अध्यक्ष कमल गड्सिला काठमाडौं भएकाले ताला लगाएको कुरा सुनेको  तर अन्य विषयमा आफू जानकार नभएको बताएका छन्। विवाद बारे केहि दिनमा छलफल गर्ने अध्यक्ष गड्सिलाले गर्ने बताए।

प्रतिक्रिया