२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु

SansherOnline SansherOnline
बुधबार ०८, भदौ २०७९ ०९:५७
जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु

अछाम । अछाम जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । जिल्लाको  मंगलसेन नगरपालिका वडा नम्बर–५ का बेदराज भाटको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृतु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जनाकारी दिएका छन ।जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो ।

आफ्नै शरीरमा चिथोर्ने, कराउने गर्न थालेपछि जिल्ला अस्पताल अछाममा लगिएको र थप उपचारका लागि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो । उनी भदौ २ गतेदेखि जेल चलान भएका थिए । जेल गएको हप्ता दिन नपुग्दै उनको मृत्यु भएको छ ।

प्रतिक्रिया