२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका दुई ठाउँमा बम जस्तै शंकास्पद वस्तु भेटियो

SansherOnline SansherOnline
मङ्गलबार ०७, भदौ २०७९ ०९:३१
बैतडीका दुई ठाउँमा बम जस्तै शंकास्पद वस्तु भेटियो

बैतडी । बैतडीका दुई ठाउँमा  शंकास्पद वस्तु भेटिएको छ। बैतडीको सतबाँझ क्षेत्रमा सडकमा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेका छन यस्तै, सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा पनि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रेम शाहीका अनुसार सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ। 

सडकमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द गरेका छन्।

प्रतिक्रिया