२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

कैलालीको दुई ठाउँमा शंकास्पद वस्तु फेला

SansherOnline SansherOnline
मङ्गलबार ०७, भदौ २०७९ ०९:१८
कैलालीको दुई ठाउँमा शंकास्पद वस्तु फेला

कैलाली । कैलालीको दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिक कुकर फेला परेको र गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलमा टिफिनको बट्टा शंकास्पद तरिकाले राखिएको अबस्थामा फेला परेको कैलालीका एसपी सोमेन्द्र सिंह राठौरले  जनानकारी दिएका छन।

एसपी राठौरका अनुसार शंकास्पद बस्तु भेटिएको घटनास्थलमा पुगेर नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्ने तयारी गरिरहेको जनाएको छ । आज  विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीका कार्यकर्ताले शंकास्पद बस्तु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया