२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

नेकपा एमालेको प्रशिक्षण भेलाका लागि महासचिव शंकर पोखरेल बैतडी आउने

SansherOnline SansherOnline
सोमबार ०६, भदौ २०७९ ०८:०२
नेकपा एमालेको प्रशिक्षण भेलाका लागि महासचिव शंकर पोखरेल बैतडी आउने

बैतडी । नेकपा एमालेको प्रशिक्षण भेलाका लागि महासचिव शंकर पोखरेल बैतडी आउने भएका छन् । नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा जिल्ला सदरमुकाममा हुने निर्वाचन केन्द्रीत प्रशिक्षण भेलाको लागि पोखरेल बैतडी  आउन लागेका हुन् ।

संघीय निर्वाचन सम्बन्धी १ दिने बृहत प्रशिक्षण भेला भदौ १५ गते बैतडी सदरमुकाममा आयोजना गरिने नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनु भएको छ । पोखरेलले भदौ १५ गते बैतडीमा प्रशिक्षण गरेर १६ गते दार्चुलाको खलंगाको खुलामञ्चमा कार्यक्रम गर्ने  तय भएको छ ।

प्रतिक्रिया