२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

कञ्चनपुरमा युवायुवती मृत भेटिएका छन

SansherOnline SansherOnline
सोमबार ०६, भदौ २०७९ ०८:५८
कञ्चनपुरमा युवायुवती मृत भेटिएका छन

कञ्चनपुर। कञ्चनपुरमा युवायुवती मृत भेटिएका छन । जिल्लाको कृष्णपुर नगरपालिका–४ का १८ वर्षीय दिनेश भट्ट र सोही नगरपालिका–५ बस्ने १८ वर्षकै पुजा देउवा आइतबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दुवै जना  लामो समयदेखि प्रेम सम्बन्धमा रहेका जनाएको छ ।केही दिन अघि दिनेशले प्रेम विवाह गर्ने भन्दै पुजालाई भगाएर आफ्नो घर लगेका थिए ।प्रेमीप्रेमिका समेत रहेका दुवै जना आ–आफ्नो घरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिएका छन । केहि समय अघि प्रहरीले अभिभावकको जिम्मा लगाएका युवायुवती मृत अवस्थामा भेटिएका हुन् ।
भदौ ३ गतेप्रहरीमा पुगेका दुवै पक्षलाई लगाएकोमा आइतबार बिहान दिनेश आफ्नो घरको कोठामा र पुजा दिउँसो करीब साढे ४ बजेतिर आफ्नो घरको कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार पुजाका परिवारले इलाका प्रहरी कार्यालय गुलरियामा ठाडो उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर युवायुवतीको उमेर नपुगेको कारणले अभिभावकको जिम्मा लगाएको गिरीले जानकारी दिए

प्रतिक्रिया