२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

नेपाल पत्रकार महासंघ दार्चुलाको नयाँ नेतृत्व चयन

SansherOnline SansherOnline
आइतबार ०५, भदौ २०७९ ०९:५७
नेपाल पत्रकार महासंघ दार्चुलाको नयाँ नेतृत्व चयन

दार्चुला : नेपाल पत्रकार महासंघ दार्चुला शाखाको नयाँ नेतृत्व चयन गरिएको छ । शनिवार सम्पन्न विशेष साधारण सभा पश्चात बन्द सत्रबाट नयाँ नेतृत्व चयन गरिएको हो । लक्ष्मण सिंह धामीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरिएको सचिव सुन्दर सिह धामीले जानकारी दिए । समितिको उपाध्यक्षमा गणेश सिंह धामी, ईश्वरी बुढाथोकी, सचिव सुन्दर सिंह धामी, सहसचिव कृष्ण बहादुर धामी, मञ्जु तिकंरी र कोषाध्यक्षमा हरी प्रसाद जोशी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रणजित सिंह खत्री, प्रेम सिंह ठगुन्ना, जनकराज भट्ट, ललित सामन्त, बिरादत्त भट्ट, मान सिंह कुवर, नन्दा धामी, विशन बुढाथोकी चयन भएका छन् ।

महासंघ दार्चुला शाखाको कृयाशिलता र कार्यसम्पादनमा शाखा अध्यक्षसहित सिङ्गो कार्य समिति असफल भएको तथा महासंघको अध्यक्ष (नेतृत्व) बाट संस्थागत प्रतिष्ठामा आँच पुर्याउने काम गरेको र बाँकी नेतृत्वले उचित भूमिका निर्वाह गर्न नसकेको, आधा पदाधिकारीले राजिनामा पेश गरेको अवस्थामा महासंघको बिधानको दफा ९ को उपदफा २ र ३ बमोजिम नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ । २०७७ चैत्र २५ गते शाखा अध्यक्षमा कृष्णसिह धामी चयन भएका थिए । ३ वर्षे कार्यकाल पूरा नहुदै करिव डेढ वर्षमै नेतृत्व फेरिएको हो ।

प्रतिक्रिया