२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

धनगढीमा एक जनाको शव फेला

SansherOnline SansherOnline
आइतबार २९, साउन २०७९ १०:१८
धनगढीमा एक जनाको शव फेला

धनगढी ।  कैलालीको धनगढीमा एक जनाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित मोहनापुल–अत्तरीया ६ लेन सडक खण्डको दायाँ तर्फको लेनभन्दा बाहिर एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उपमहानगरपालिका–१३ राजपुरकै ३५ वर्षीय छिता राना रहेका छन ।  उनी शनिबार राति करीब ८ बजे मृत भेटिएका हुन् ।

प्रतिक्रिया