२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

रुकुम पूर्वको प्रहरीको गाडी दुर्घटनाः २ डीएसपीसहित ६ जना घाइते

SansherOnline SansherOnline
शनिबार २८, साउन २०७९ ०२:४२
रुकुम पूर्वको प्रहरीको गाडी दुर्घटनाः २ डीएसपीसहित ६ जना घाइते

बैतडी । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको गाडी दुर्घटनामा परेको छ। पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो। दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए।

अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो। घाइतेमध्ये एक जना जवान गम्भीर घाइते रहेको र सबै घाइतेको उद्धारका लागि हेलिकोप्टर आइरहेको प्रजिअ सुनुवारले जानकारी दिए।प्रमुख जिल्ला अधिकारीसहितको टोली अर्को गाडीमा चढेका थिए। दुर्घटनाको कारण खुलेको छैन। भ्यान अन्दाजी १ सय मिटर तल खसेको छ।

प्रतिक्रिया