२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

धनगढी यातायात कार्यालयको लापरबाही जन्म मिति, ब्लड ग्रुप,ठेगाना फेरीदियो: लाइसेन्स रिन्यु मिति ३१ वर्ष

SansherOnline SansherOnline
मङ्गलबार २४, साउन २०७९ १०:३५
धनगढी यातायात कार्यालयको लापरबाही जन्म मिति, ब्लड ग्रुप,ठेगाना फेरीदियो: लाइसेन्स रिन्यु मिति ३१ वर्ष

धनगढी। कैलालीको  यातायात व्यवस्था कार्यालय धनगढीले एक जनाले  जन्मेको ६ बर्षमै लाइसेन्स प्रप्त गरेको जन्म मिति उल्लेख गरेको छ ।  यातायात व्यवस्था कार्यालय  धनगढीको  लापरबाहीले ति व्यात्तिको  जन्म मिति, ब्लड ग्रुप,ठेगानामा समेत  गलत  गरेको पाइएको छ । वि स २०५१ साल ११ महिना १६ गते लाइसेन्स निकालेका  धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने श्याम कुमार महराको स्मार्ट लाइसेन्समा कार्यालयले चरम लापरबाही गरेको पाइएको छ ।

धनगढीका महराको जन्म मिति २०२८ साल ८ महिना १ अर्थात् १९७१ नोभेम्बर १७  हुनुपर्ने  जन्म मिति सन १९८९- १२- ३१ गते राखिदिएको  छ । वि .स २०५१ साल ११ महिना १६ गते लाइसेन्स निकालेका थिए तर अझ अनौठो कुरा के छ भने महरालाई दिएको स्मार्ट लाइसेन्समा उनको जन्म मिति र जारी गरेको मिति हेर्ने हो भने महराले ६ वर्षको उमेरमै लाइसेन्स पाएको देखिन्छ ।उनले नयाँ लाइसेन्स लिँदा उनको जन्म मिति, ब्लड ग्रुप, ठेगाना गलत भएर आएको छ ।

आज उनले नयाँ लाइसेन्स लिँदा उनको जन्म मिति, ब्लड ग्रुप, ठेगाना गलत भएर आएको छ ।यस्तै उनको  ब्लड ग्रुप बी पोजेटिभ हो तर लाइसेन्समा अहिले ए पोजेटिभ भनेर राखिएको छ भने स्थायी ठेगाना धनगढी उपमहानगरपालिका ५ रहेकोमा ४ राखेको पाइएको छ। उनको नागरिकता नम्बर पनि अपुरो राखेको पाइएको छ ।

यस्तै स्मार्ट लाइसेन्स पाँचरपाँच वर्षमा रिन्यु गर्नुपर्ने व्यवस्था छ तर अव महरालाई दिएको स्मार्ट लाइसेन्समा ३१ वर्षसम्म रिन्यु गर्न नपर्ने गरी मिति उल्लेख छ । २३ मार्च २०२१ मा रिन्युको लागि आवेदन दिएका थिए । स्मार्ट लाइसेन्सको जारी मिति १९९५-०३-०१ देखि २०२६-०२-२५ गते सम्म  रिन्यु नगर्नुपर्ने  देखाएको छ।

प्रतिक्रिया