२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

नेकपा (एकिकृत समाजवादी) सुर्नयाको अध्यक्षमा भट्ट

SansherOnline SansherOnline
मङ्गलबार १४, मङि्सर २०७८ ०७:०३
नेकपा (एकिकृत समाजवादी) सुर्नयाको अध्यक्षमा भट्ट

आषिस माल बैतडी । बैतडीको सुर्नयागाउँ पालिका  मा नेकपा (एकीकृत समाजवादी) कोअधिबेशन सम्पन्न भएको छ  । मंगलवार नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य प्रमानद भट्ट  को प्रमुख आतिथ्यतामा सम्पन्न पालिका अधिवेशनले दिनेश प्रसाद भट्ट को अध्यक्षतामा ६५ सदस्यीय  कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा कर्ण बहादुर बिस्ट र किस्ण दत्त भट्ट , चयन भएका छन् । यस्तै सचिवमा लोक बहादुर बिस्ट तथा सह सचिवमा , गौरी भट्ट चयन भएका छन । सदस्यमा जानकी साउद,मानवहादुर,धन्सेर मडै,राजेन्द्र भट्ट,दोर्पति कुवर लगायत ६५ सलसिय कमिटि गठन भएको कृष्ण महराले वताउनुभयो।

नेकपा एसले बैतडीमा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिइरहेको छ।  कार्यक्रममा सुर्नया गाउपालिकाका सवै वडावाट बृहत् उपस्थिति रहेको  नवनिर्वाचित  अध्यक्ष दिनेश भट्ट  ले जानकारी दिनु भएको छ ।

कार्यक्रम का बिशिस्ट अथिती सुदुरपशिम प्रदेश का पुर्ब उध्योग पर्यटन, बन तथा बाताबरण मन्त्री माया भट्ट ,केन्द्रीय सदस्य नरेन्द्र बिस्ट बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट राजु राम भुल लगाएतका नेता कार्यकता हरुको सहभागिता रहेको थियो ।
कार्यक्रम भोलि १५ गते दोगडाकेदार मा हुने अध्यक्ष भट्ट ले रेडियो सनशेर लाई जानकारी दिनु भएको छ।

प्रतिक्रिया