२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा समाजवादी पाटीले मनाइयो पुष्पलालको स्मृति दिवस

SansherOnline SansherOnline
आइतबार ०८, साउन २०७९ ०८:२३
बैतडीमा समाजवादी पाटीले  मनाइयो पुष्पलालको स्मृति दिवस

आशिस माल बैतडी । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस बैतडीमा पनि मनाईएको छ । जिल्ला सदरमुकाम  गोठलापानीमा नेकपा (एकिकृत समाजवादीले) पुष्पलालको  ४४ औँ स्मृति दिवस मनाएका हुन् । नेकपा एकिकृत समाजवादी बैतडीका नेता, कार्यक्रताहरुले जिल्ला सदरमुकाम गोठलापानीमा पुष्पलालको स्मृति दिवस मनाएको छ । 

नेकपा (एकिकृत समाजवादी) बैतडीका नेता, कार्यक्रताहरुले पुष्पलालको तस्बिरमा माल्यापर्ण गर्नुका साथै उहाँले नेपाली राजनितिमा दिनुभएको योगदान बारे चर्चा गर्दै स्मृति दिवस मनाइएको नेकपा (एकिकृत समाजवादी) पाटीका बैतडी जिल्ला अध्यक्ष माहादेव भट्टले,कार्यक्रममा पुष्पलालले नेपाली राजनितिमा दिनुभएको योगदानबारे छलफल भएको बताउनुभयो । 
नेकपा (एकिकृत समाजवादी) बैतडीले आयोजना गरेको स्मृति सभामा जिल्ला इन्चार्ज प्रमानन्द भट्ट, सुदूरपश्चिम प्रदेशका पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, जिल्ला अध्यक्ष महादेव भट्ट लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि सङ्घर्ष गर्नुभएको थियो । पुष्पलालले २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य , नारायणविलास जोशी , मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको हो । नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यकासाथ नेकपा स्थापना गर्नुभएका उहाँको २०३५ साल साउन ७ गते निधन भएको थियो । विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए । उनी सहिद गङ्गालालका भाइ हुन् ।

उनले स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसद्मा राम्रो उपस्थिति छ र कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावै अभावमा बाच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् ।

नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहेका थिए ।अहिले उहाँ हामी माझ न भएपनी उहाले गरेका काम हामी माज जिवित नै रहेका नेकपा (एकीकृत समाजवादी)का बैतडी जिल्ला इन्चार्ज प्रमान्द भट्टले सनशेर अनलाईन लाई बताएका छन । साथै नेकपा (एकिकृत समाजवादी)पाटीले बैतडी जिल्ला कमिटी सचिवमा सेर वहादुर चन्द र उप सचिवमा लक्ष्मी जोशिलाइ मनोनित गर्नु भएको छ ।

प्रतिक्रिया