२०८१ जेठ ०७ गते सोमबार
ट्रेन्डिङ

बैतडी अस्पतालका चिकित्सक आन्दोलित,सेवा बन्द गर्ने चेतावनी

SansherOnline SansherOnline
बुधबार २६, बैशाख २०८१ ०८:०४
बैतडी अस्पतालका चिकित्सक आन्दोलित,सेवा बन्द गर्ने चेतावनी

बैतडी : विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित बनेका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक-पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल बैतडीका डाक्टर हरीष विष्टले बताउनुभयो । अस्पतालका सबै विभागले चेतावनी स्वरुप आज विज्ञप्ती जारी गर्दै आफुहरुको माग तत्काल पुरा नभए थप संघर्षका कार्यक्रम गर्ने बताएका छन् ।

सम्बन्धित निकाय सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले ९६ घण्टाभित्र आफुहरुको माग सम्बोधन नगरे जिल्ला अस्पतालको आकस्मिक र वार्ड बाहेकका सेवा बन्द गर्ने चेतावनी समेत डाक्टरहरुले दिएका छन् । विदाको दिन र अतिरिक्त समयमा नागरिकको सेवामा खटिदा समेत आफुहरुलाई मन्त्रालयले वेवास्ता गरेको उनिहरुको आरोप छ ।

जिल्ला अस्पतालको बहिरङ्ग विभाग, फार्मेसी विभाग, एनेसथेसिया विभाग, प्रयोगशाला विभाग लगायतले अलक–अलग विज्ञप्ती जारी गर्दै आफुहरुका माग पुरा नभए सेवा बन्द गर्ने चेतावनी दिएका छन् । विगत देखिनै डाक्टरहरुले उक्त माग राख्दै आएको भएपनि सुदूरपश्चिम प्रदेश सरकारले उक्त मागहरुमा कुनै सुनुवाई गरेको छैन्, जसका कारण यहाँका नागरिकहरुले दुख भोग्नुपरेको छ ।

हेर्नुहोस ! विज्ञप्ती

प्रतिक्रिया