२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

बिदेशिनु रहर कि बाध्यता?

SansherOnline SansherOnline
बिहिबार ०२, असार २०७९ ०८:२६
बिदेशिनु रहर कि बाध्यता?

बाध्यता अनि बिबस्ताको अधि कस्को केनै चल्ने रहेछ र यहाँ । मन भारी बनाएर निकै नै कठिनको साथ आफ्नो पाइलाहरु मुग्लानको यात्रामा चाल्नु पर्दाको क्षण ।परिवारको जिम्मेवारी काधमा बोकि मिठो सपना सजायका आँखामा झरेका ती आँसुका मोल कति र कहाँ भनेर न बुझिदिने यो स्वार्थी संसार लाई खै के भनेर सम्बोधन गरौं आज बिवस छु अनि लाचार पनि।जसोतसो गरेर पढ्यो तर जागिर खोजेको बेला भेटिदैन।कतै जागिरको लागि एक पद खाली छ। भनेर सूचना आउँदा हजार जना लाइनमा हुन्छन्।जागिर खोज्यो भेटिदैन।
काम गर्ने ठाउँ जसोतसो गरेर पाएपनी त्यो तलबले परिवार धानिदैन।सरकारी निकायमा जागिरका लागि प्रतिस्पर्धा गर्न खोज्यो तर क्षमता र दक्षताको मुल्यांकन अत्यन्तै न्यून छ। हरेक ठाउँमा आफ्ना र नातागोतालाई मात्रै भनसुनका आधारमा जागिर दिलाउने प्रचलन छ। बुवाआमाको न्यानो काख,श्रीमती र छोराछोरीको अपार मायालाई मुटुमा गाठो पारेर हिड्ने नेपालीको मन पक्कै खुशी हुँदैन।बिदेश आइसकेपछि बिहानदेखि साझ सम्म घोटिनु पर्ने हुन्छ।दिनरात काम ,पैसा भन्दा भन्दै उमेर उकालो चढिरहेको पत्तो हुँदैन।
हरेक प्रयन्त र प्रयासले पनि पार नलागेपछि अन्तिम बिकल्पको गन्तव्य प्रदेशनै हो । छोराछोरी, बुवा,आमा,नातागोता र साथिभाई छोडेर बिरानो ठाँउ प्रदेशमा पसिना बगाउन जानु पर्ने बाध्यतामा घचेटिएको हुन्छ”एक नेपाली”                                                    आशिस माल बैतडी

प्रतिक्रिया