२०८१ जेठ ०७ गते सोमबार
ट्रेन्डिङ

वनको डढेलो निभाउने क्रममा घाईते बिष्टको उपचारका लागि आर्थिक अभाव

SansherOnline SansherOnline
बुधबार १९, बैशाख २०८१ १२:१८
वनको डढेलो निभाउने क्रममा घाईते बिष्टको उपचारका लागि आर्थिक अभाव

 बैतडी : बैतडीमा सामुदायीक वनको डढेलो निभाउने क्रममा घाईते जिवन बिष्टको उपचारका लागि आर्थिक अभाव भएको छ । जिल्लाको पाटन नगरपालिका ६ सुकेली बस्ने बिष्ट आईतबार सामुदायीक बनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाईते थिए ।

उनको पाटन प्राथमीक उपचार केन्द्रमा उपचार संम्भव नभएपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।

बिष्टको आर्थिक र पारिवारिक अबस्था कमजोर रहेकाले सहयोगका लागि अपिल गरिरहेको उनको आफ्न्त अशोक बिष्टले बताए ।
आर्थिक सहयोगका लागि उनका आफन्तको विवरण

बैंक नाम : NIC Asia Bank. Patan Branch

खाता नं : 2925752682295001

नाम : HEMANTI BIST ( घाइतेकी आमा)

सम्पर्क- 9766970349

प्रतिक्रिया