२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

एमालेका वडा सह-सचीव गठबन्धनमा प्रबेश

SansherOnline SansherOnline
बुधबार २१, बैशाख २०७९ ०७:११
एमालेका वडा सह-सचीव गठबन्धनमा प्रबेश

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ मा एमालेका वडा कमिटी सह- सचिव महेश कुमार औजि लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन् ।

गठबन्धनले आज गरेको कार्यक्रममा औजिले गठबन्धनमा प्रवेश गरेका हुन स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउने प्रतिबद्धताका साथ आफुले गठबन्धनमा प्रवेश गरेको औजिले बताएका छन् ।

उनलाई गठबन्धनबाट गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र राना शितल,उपाध्यक्षका उम्मेदवार भरत बोहरा र काङ्ग्रेसका गाउँपालिका सभापति जयराज जोशी लगायतले गठबन्धनमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया