२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

एमाले पार्टी जिल्ला कमिटि सचिवालय सदस्य चन्द समाजवादीमा प्रवेश

SansherOnline SansherOnline
सोमबार ०५, बैशाख २०७९ ०५:४२
एमाले पार्टी जिल्ला कमिटि सचिवालय सदस्य चन्द समाजवादीमा प्रवेश

बैतडी। नेकपा एमाले पार्टी जिल्ला कमिटि बैतडी सचिवालय सदस्य एवम् राष्टिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य राजेन्द्र चन्द नेकपा एकीकृत समाजवादी प्रवेश गरेकाछन।

उनले एक प्रेश विज्ञाप्ति जारी गर्दै आफु समाजवादीमा प्रवेश गरेको भनेको छन्। २०६४ सालदेखी हालसम्म नेकपा एमाले पार्टीको वडा कमिटिदेखी जिल्ला कमिटि र राष्टिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य रही पार्टीप्रति इमान्दारिता पुर्वक काम गरिरहेको मैले लामो समय आफ्नो क्षमताले भ्याएसम्म पार्टीमा योगदान गर्दै आएको भएपनि पछिल्लो समय नेकपा एमालेभित्र देखिएको व्यक्तिवादी चरित्र,तथा विधि विधान विपरितका अलोकतान्त्रिक लगायतका गैर कम्युनिष्ट क्रियाक्लापले एमाले भन्ने पार्टी नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिन पुगेको अवस्था रहेको चन्दको भनाई रहेको छ।

नेकपा एमालेका स्थानिय तथा जिल्ला स्तरमा पार्टी भित्रका नेताहरूमा गलत,भष्ट्राचारी तथा गैर कम्युनिष्ट गतिविधि पलाउदै गएको अवस्थामा मैले आजैका मितिदेखि नेकपा एमाले परित्याग गरि नेपाल कम्युनिष्ट पार्टीको मुलधार, कमरेड माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पाटीमा प्रवेश गरेको फेशबुक स्टाटस सहित विज्ञाप्तिमाले उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया