२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

दोगडाकेदार ७ मा माओवादीबाट हेमराज भट्ट वडा अध्यक्षका उम्मेदवार

SansherOnline SansherOnline
सोमबार २८, चैत २०७८ ०६:४८
दोगडाकेदार ७ मा माओवादीबाट हेमराज भट्ट वडा अध्यक्षका उम्मेदवार

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ देउलेकमा नेकपा माओवादी केन्द्रबाट हेमराज भट्ट वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत चयन भएका छन । आज बसेको वडा कमिटी बैठकले भट्टलाई सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । वडा कमिटीले गरेको उक्त निर्णय पालिका कमिटीले अनुमोदन समेत गरेको माओवादी केन्द्रका पालिका कमिटी सचीव धन बहादुर महराले जानकारी दिनु भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्य वडाहरु र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी भोलिसम्ममा टुंगो लाग्ने महराले बताउनुभयो ।

प्रतिक्रिया