२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
बुधबार ०८, मङि्सर २०७८ ०९:३६
बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो,

काठमाडौंः बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ। नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो। 
 

बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेटमा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको बताइएको छ। 

अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ।
 

स्यालसँग जहाज ठोक्किएपछि अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेका छन्। जहाज त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो। 

प्रतिक्रिया