२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
मतगणना राति १० वजेवाट हुने

नेपाली काग्रेस बैतडीको १४ औं अधिवेशन,मतदान सम्पन्न

SansherOnline SansherOnline
मङ्गलबार ०७, मङि्सर २०७८ ०८:२९
नेपाली काग्रेस बैतडीको १४ औं अधिवेशन,मतदान सम्पन्न

आसिष माल,

बैतडी । नेपाली काग्रेस बैतडीको जिल्ला अधिवेसनका लागी आज भएको मतदान सम्पन्न भएको छ।

जिल्ला कार्यसमिति, पदाधिकारी एवम महाधिवेशन प्रतिनिधि सदस्यका लागि मगलवार भएको मतदान बैतडीमा सम्पन्न भएको हो । सदरमुकामको शाहिलेक स्थित विरेन्द्र माध्यमिक विद्यालयको मतदान स्थलमा विहान १० बजेबाट सुरु भएको मतदान साँझ ७ बजे सकिएको छ । निर्वाचन अधिकृत विष्णुदत्त अवस्थीका अनुसार जिल्ला भरीबाट १४ सय ८ क्षेत्रिय प्रतिनिधि मतदाता रहेकोमा १३ सय ३८ खसेको छ ।

जिल्ला सभापति, उपसभापति, महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा जिल्ला सभापतीमा चतुर बहादुर चन्द र शिवराज भट्ट सहित ६२ जनाले उम्मेदवारी दिएका छन । जसमा देउवा पक्षका भट्ट र पौडेल पक्षका चन्द समर्थक नेता, कार्यकर्ताले उम्मेदवारी दिएका हुन । नेपाली कांग्रेसको जिल्ला सभापतीमा चन्द र भट्ट प्यानल बिच बलियो प्रतिस्पर्धा रहेको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भनाइ छ ।

शनिबार सम्पन्न क्षेत्रिय अधिवेसनको मत परिणाम हेर्दा भट्ट भन्दा चन्द प्यानल बलियो देखिएको छ ।

Enter

Write to Ashish Mal

Aa

प्रतिक्रिया