२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी जीप दुर्घटना : घाइते चालकको पनि मृत्यु

SansherOnline SansherOnline
सोमबार ०६, मङि्सर २०७८ ०९:३२
बैतडी जीप दुर्घटना   : घाइते चालकको पनि मृत्यु


बैतडी( बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा गम्भीर घाइते भएका चालकको पनि मृत्यु भएको छ। 

जीप चालक डडेल्धुरका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव निरिक्षक रमेश बहादुर पालले बताएका छन्। 

उनका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या उनीसहित ६ जना पुगेको छ। 

दुर्घटनामा परेर घाइते भएका दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्दलाइ पनि उपचारका लागि धनगढी रेफर गरिएको छ। 


जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक एबम प्रबक्ता दर्शन खडका का अनुसार जीप ओरालो बाटोमा अनियन्त्रित भएर दुर्घटना भएको खुलेको छ। 

जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया