२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

रुखमा झुण्डिएको अवस्थामा बेवारिसे शव फेला

SansherOnline SansherOnline
सोमबार ०६, मङि्सर २०७८ ०९:०६
रुखमा झुण्डिएको अवस्थामा बेवारिसे शव फेला

गुल्मीः गुल्मी जिल्लाको कालीगण्डकीमा खन्युको रुखमा अड्किएको अवस्थामा बेवारिसे शव फेला परेको छ।
 

जिल्ला कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित कालीगण्डकी नदी पश्चिमतर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए।
 

फेला परेको शव शरीरको कम्मरमा सेतो कछाड बेरेको र सडे गलेको अवस्थामा रहेको प्रहरीको भनाइ छ। ती व्यक्तिको पहिचान नखुलेकालेसबै तिर हुलिया पठाइएको भट्टराईले बताए।
 

शवको लाश जाँच मुचुल्का समेतको काम सकिए पनि सनाखत हुन नसकी बेवारिसे रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया