२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ
कांग्रेस

किशोरसिंह राठौर र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित

SansherOnline SansherOnline
शुक्रबार ०२, पुष २०७८ ०४:५०
किशोरसिंह राठौर र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित

बैतडी ।नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा उनले देवराज चालिसेलाई पराजित गर्दै जित पारेका हुन् ।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए । यस्तै मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलकै फरमुल्लाह मन्सुर विजयी भएका छन् ।

यस्तै थारु सहमहामन्त्रीतर्फ उमाकान्त चौधरी विजयी भएका छन् । सिटौला समूहका उनी देउवाको प्यानलमा थिए । ८ सहमहामन्त्रीमध्ये ६ सहमहामन्त्रीको नतिजा आइसकेको छ ।

प्रतिक्रिया