२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

नेपाल टी–२० क्रिकेट लिगमा विराटनगरले काठमाण्डौलाई ७ विकेटले हरायो

SansherOnline SansherOnline
शनिबार २३, पुष २०७९ ०३:१७
नेपाल टी–२० क्रिकेट लिगमा विराटनगरले काठमाण्डौलाई ७ विकेटले हरायो

काठमाण्डौ – नेपाल टी–२० क्रिकेट लिगमा आज भएको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्सले काठमाण्डौ नाइट्सलाई ७ विकेटले हराएको छ ।

जितका लागि १ सय ५५ रनको लक्ष्य पाएको विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान रोहित पौडेलले अर्धशतक ६६ रन तथा गौरान्शु शर्माले अविजित ५१ रन बनाए । काठमाण्डौका अविनाश बोहोराले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

काठमाण्डौका सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन तथा सन्दीप रजालीले ३० रन बनाए । विराटनगरका राज नाननले ४ विकेट लिए । नन्दन यादव र रोहित पौडेलले एकरएक विकेट लिए । आज हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड खेल्दैछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । फार वेस्ट प्रतियोगिताबाट बाहिरिसकेको छ । 

प्रतिक्रिया