२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा पासोमा फसेको चितुवा उद्दार गरी ल्याउने क्रममा बाटैमा मृत्यु

SansherOnline SansherOnline
बुधबार ०१, भदौ २०७९ ०१:३९
बैतडीमा पासोमा फसेको चितुवा उद्दार गरी ल्याउने क्रममा बाटैमा मृत्यु

बैतडी । बैतडीमा पासोमा फसेको चितुवा मरेको छ । जंगली बंदेलका लागि थापेको पासोमा फसेको चितुवा मरेको हो ।

दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको थियो । 
चितुवाको उद्दार गरी ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक प्रेम शाहीका अनुसार चितुवाको उद्धार गरि खोर भित्र राखे ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । 

उहाँले भन्नुभयो, फलामको खोर भित्र राखिसकेपछि डिभिजन बनकार्यालय तर्फ ल्याउदै गर्दा आफैँ मृत्यु भएको हो । मुचुल्का उठाउने काम भइरहेको छ । 

घटनास्थलमा वन डिभिजन कार्यालयको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका थिए ।  

प्रतिक्रिया