२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा बन्चरो प्रहार गरि बुबाको हत्या

SansherOnline SansherOnline
शुक्रबार १३, साउन २०७९ ०८:४९
बैतडीमा बन्चरो प्रहार गरि बुबाको हत्या

 बैतडी : बैतडीमा बन्चरो प्रहार गरि बुबाको हत्या गरीएको छ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ शेरामा धारिलो हतियार बन्चुरो प्रहार गरि छोराले बुबाको हत्या गर्नुभएको हो । २१ बर्शिय छोरा लोकेन्द्र जोशिले धारिलो हतियार प्रहार गरेर आफ्नै ७० वर्षिय बुबा अन्तराम जोशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताएका छन । बन्चोरो प्रहारले बुबाको टाउको र शरीर अलग भएको छ ।शुक्रबार बिहान करिब ५ बजे तिर घटाउनु भएको हो । बन्चरो प्रहार गर्ने लोकेन्द्र बुबाका एक्ला छोरा हुन उनलाई गोकुलेस्वर प्रहरीले नियन्त्रणमा लिएको छ । घटना के कति कारणले भएको हो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया