२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
भोगाई जिन्दगीको

कसले बनायो यो ‘तल्लो’ जात र ‘माथिल्लो’ जात

SansherOnline SansherOnline
सोमबार ३०, जेठ २०७९ ०७:२६
कसले बनायो यो ‘तल्लो’ जात र ‘माथिल्लो’ जात

कसले बनायो यो ‘तल्लो’ जात र ‘माथिल्लो’ जात।माया त माया हो नि उसलाई काट्दाजस्तो रगत आउँछ मेरो पनि त्यही छ। मन सबैको रून्छ, पीर, खुसी सबैलाई उस्तै हुन्छ भने कहाँबाट आयो जातपातको कुरा, ठूलो जातलाई बढी दुख्नु पर्ने बढी हुनुपर्ने हैन र यदि सबैलाई उस्तै हुन्छ भने त सबै समान हुनु पर्‍यो नि हैन र सबैको खुसी देख्ने म। मेरो खुसीमा किन रमाउँदैनन् आफन्तहरू। खुसीको उधारो व्यापार गर्दागर्दै सकिने रहेछ जिन्दगीआफन्त र परिवारको त्यो अहंकारको निमित्त मेरो मायालाई बलिदान दिएँ मैले, । अब त हामी गएका ती बाटोलाई भुलेर नयाँ जीवन जिउनु छ। मरेको मनलाई लिएर खुसीको जल पिउनु छ। अब हामी छिट्टै एक हुनु छ । मानिसको हरेक यात्रा आजबाट नै  शुरु हुन्छ । भोली भनेर कुर्ने हो भने कुनै काम नै शुरु हुँदैन । सफल जिन्दगीको लागि आवश्यक कदम अहिले नै आफैले चाल्ने हो । त्यसैले आफ्नो जिन्दगीको हरेक पल आफ्नै लागि हो । र, जिन्दगी पनि आफ्नै हो । एसमा समाजको कुनै सरोकार र हक हुदैन प्रिय मान्छे ।                                                                                    आशिस माल

प्रतिक्रिया