२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

बैतडीका चार पालिकामा कांग्रेसको अग्रता, एमाले दुई तहमा अगाडि

SansherOnline SansherOnline
शनिबार ३१, बैशाख २०७९ ०१:४५
बैतडीका चार पालिकामा कांग्रेसको अग्रता, एमाले दुई तहमा अगाडि

बैतडी –बैतडीका १० ओटै स्थानीय तहहरुमा मतगणना कार्य शुरु भएको छ । ६ ओटा पालिकाको प्रारम्भिक मतपरिणाम बाहिर आउँदा चार पालिकामा कांग्रेस र दुई पालिकामा एमाले अग्रस्थानमा देखिएको छ । 

जिल्लाको शिवनाथ गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा कांग्रेसको अग्रता कायम छ भने दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकामा एमालेको अग्रता कायम रहेको छ । मतगणना कार्य जारी रहेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको प्रारम्भिक मतपरिणाम आउन बाँकी रहेको छ । 
 

प्रतिक्रिया