२०८१ जेठ ०३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीको डिलाशैनी र दार्चुला शैल्यशिखर जोड्ने कर्कले पुलको पिल्लर भासियो

SansherOnline SansherOnline
शुक्रबार ०८, मङि्सर २०८० १२:२५
बैतडीको डिलाशैनी र दार्चुला शैल्यशिखर जोड्ने कर्कले पुलको पिल्लर भासियो

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका-३ र दार्चुला शैल्यशिखर नगरपालिका-३ जोड्ने पक्की पुल जोखिममा परेको छ ।शैल्यशिखर नगरपालिका ३ का वडा अध्यक्ष पदम बहादुर चन्दका अनुसार चमेलिया नदीमा रहेको बेली ब्रिज(कर्कले पुल)को दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँको पुरै भाग भाँसिएको वडा अध्यक्ष चन्दले बताए।  

मुख्य पिल्लर भएको भाग भाँसिएपछि जोखिम बढेको छ । पुलमा दैनिक सयौं बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन् । गोकुलेश्वरबाट पंसेरा,बलाच,सिमार गन्ना,मार्मा, अपिहिमाल लगायतका ठाउँका लागि सवारी साधन चल्ने एकमात्र बाटो भएको शैल्यशिखर नगरपालिका ३ वडा सचिव रमेश राज बिष्ट बताए।

पुलको स्थलगत अध्ययनका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । प्रहरीको टोली पुगेपछि यो बिषयमा थप जानकारी हुने उनले बताए । 

प्रतिक्रिया