२०८१ जेठ ०३ गते बिहिबार
ट्रेन्डिङ

बल्खुमा झडप र ढुंगामुढा, दुईजना घाइते

SansherOnline SansherOnline
बिहिबार ०७, मङि्सर २०८० ०१:२७
बल्खुमा झडप र ढुंगामुढा, दुईजना घाइते

काठमाडौं : काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ ।कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।

उक्त झडपमा दुईजना घाइते भएका छन् ।घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो ।

यसअघि, कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका थिए । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् ।

एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् । उनीहरुले युवा संघका कार्यकर्ताले ढुंगा हानेको बताएका छन् ।

युवा संघका कार्यकर्ताले आफूहरुको प्रदर्शनमा प्रवेश गरेर ढुंगा हानेको प्रसाईं समूहको दाबी छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।

प्रतिक्रिया