२०८१ बैशाख ११ गते मङ्गलबार
ट्रेन्डिङ

नेकपा माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण कार्यक्रम दशरथचन्द नगरपालिकामा सम्पन्न

SansherOnline SansherOnline
शुक्रबार १८, चैत २०७८ ०७:१७
नेकपा माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण कार्यक्रम दशरथचन्द नगरपालिकामा सम्पन्न

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आसन्न स्थानिय तहको निर्वाचनलाई केन्द्रित गर्दै नगरपालिकाको वडा नम्बर २ देहीमाण्डौ सरकोट डाडामा माओवादीले प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

बैशाख ३० गते हुने निर्वाचनका लागी कार्यकर्ता परिचालन, पार्टीका एजेण्डा तथा माओवादी केन्द्रले गरेका राम्रा कामहरुको बारेमा नागरिकहरुलाई जानकारी गराउने र माओवादी केन्द्रलाई जिताउनका लागी सिंगो पार्टी पक्ती र बिभिन्न भातृ संगठनहरुलाई सक्रिय बनाउने लगायतका बिषयमा प्रशिक्षण कार्यक्रममा छलफल गरिएको छ ।

नगरपालिकामा माओवादी सरकार बनाउन कसरी लाग्ने भन्ने बिषयमा पार्टीका र्शीष नेताहरुले कार्यकर्ताहरुलाई ब्रिफिङ समेत गरेका छन् । नगर कमिटि अध्यक्ष गोपाल बोहराको अध्यक्षता, केन्द्रिय सदस्य एबंम बैतडी जिल्ला ईन्चार्ज नरेन्द्र कुवँर बिजय सुन्दरको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

यस्तै कार्यक्रमको बिशिष्ट अतिथिहरुमा जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य गोपाल चन्द, जिल्ला सहईन्चार्ज प्रेम प्रकाश भट्ट आदित्य र जिल्ला समन्वय समिति संयोजक संकर भण्डारी लगायत रहनुभएको थियो । बाजाँगाजाँ सहित नगरपालिका भित्रका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । माओवादी केन्द्रले चुनावलाई लक्षित गर्दै जिल्लाका बिभिन्न पालिकाहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरि सकेको छ ।
 

प्रतिक्रिया