२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

नेपाली काँग्रेस बैतडीको सभापतिमा चन्द विजयी

SansherOnline SansherOnline
बुधबार ०८, मङि्सर २०७८ ०६:२७
नेपाली काँग्रेस बैतडीको सभापतिमा चन्द विजयी

बैतडी । नेपाली काँग्रेस बैतडी जिल्ला कार्य समितिको सभापतिमा  चतुरबहादुर चन्द विजयी भएका छन् ।

सभापतिका अर्का प्रत्यासी देउवा पक्षका शिवराज भट्टलाई पराजित गर्दै चन्द सभापतिमा विजयी भएका हुन्।

सभापतिमा विजयी चन्दले ८ सय ९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४ सय ८९मत प्राप्त गरे । चन्दले ३सय २० मतको भारीमतान्तरले भट्टलाई  पराजित गरेका हुन् । विजयी चन्द पौडेल निकट मानिन्छन् ।

यसै गरि उपसभापतिमा  चन्दसमुहका  खगेन्द्रसिंह धामी र देउवा समुहका वीरबहादुर विष्ट तथा सचिवमा चन्द समुहकै देवराज जोशी र प्रेम वहादुर चन्द विजयी भएका छन् ।

उपसभापतिमा विष्टले ६ सय ५८ मत प्रप्त गरेकाछन भने, धामीले ६ सय २४ मत ल्याएर विजयी भएका छन् । उपसभापतिमा विजयी विष्ट देउवा पक्षकाहुन भने उपसभापतिमै विजयी धामी चन्द समुहका हुन । उपसभापतिमा विजयी विष्टले चन्द प्यानलका रमेशदत्त पाण्डे र धामीले देउवा प्यानलका हरिसिह धामीलाई पराजित गरेका हुन। यस्तै चन्द समुहकै सह सचिब मा दशरथ सिह चाड र दिपेन्द्र बहादुर चन्द बिजय भएका छन ।

जिल्ला कार्यसमिति,पदाधिकारी एवम महाधिवेशन प्रतिनिधि सदस्यका लागि मगलवार भएको मतदानपछि मतगणना जारीरहेको मतदानअधिकृ बिस्णु दत्त अवस्थी ले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया