बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका- ६ गोकुलेश्वरमा आयोजित नेपाल-भारत काव्य गोष्ठी तथा चर्मण्यावती साहित्य सम्मेलनले स्थानीय लोक संस्कृतिको संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने सहभागि सरोकारवालाहरुले बताएका छन् ।
कार्यक्रममा उपस्थित नेपाल भारतका कवी तथा साहित्यकारहरुले यस्तो बताएका हुन् । नेपाल भारतको कला र संस्कृतिमा एकरुपता रहेको र यसरको जगेर्नाका लागि सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने उपस्थित सहित्यकारहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावलले नेपाल भारतको रोटीबेटीको सम्बन्ध मात्रै नरहेको बताउदैं दुबैदेशको संस्कृतिको पनि सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुबै देशको विभिन्न संस्कृति मिल्ने भएकाले त्यसको संरक्षणमा जोड दिनुभयो । उत्तराखण्ड र सुदूरपश्चिमको संस्कृति एकनासको रहेकोले यसको संरक्षणमा दुबै देशका नागरिकले जुट्नुपर्ने ओल्याउनुभयो ।
यस्तै कार्यक्रममा सहभागी साहित्यकार पुरनसिंह दयालले दुईदेशका नागरिकको सम्बन्ध सुमधुर बनाउन चर्मण्यावती साहित्य सम्मेलन फलदायी रहने बताउनुभयो । युवा समाजसेवी महेशदत्त भट्टले चौलानी नदी संकटमा पर्दै गएकोले यसको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले चर्मण्यावती सभ्यता संरक्षण तथा लोकसंस्कृतिको जगेर्ना गर्न गाउँपालिका लागिपरेको बताउनुभयो । लोकसंस्कृति संरक्षणकै लागि पालिकाले साहित्य सम्मेलन आयोजना गरेको बताउदै अगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने दाबी गर्नुभयो ।
आयोजक संस्था राष्टियता संरक्षण अभियानका संयोजक हेमबाबु लेखकले राष्टियता भावना जागृत गराउन तथा मानसखण्ड दलोकसंस्कृतिको जगेर्नाका लागि कार्यक्रमको आयोजना गरिएको र यस्ता कार्यक्रमहरु सुदूर र मध्यपश्चिमका अन्य ठाउँमा पनि आयोजना गर्ने बताउनुभयो ।
गाउँपालिकाले पहिलोपटक आयोजना गरेको साहित्य सम्मेलनको प्रशंसा गर्दै भारतका साहित्यका डाक्टर पिताम्बर अवस्थीले नेपालको एउटा दुर्गम क्षेत्रमा लोकसंस्कृति जगेर्नाका लागि गरिएको यो प्रयास नेपाल र भारतका अन्य क्षेत्रका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।
लोक संस्कृतिका बारेमा लेखिएको पुस्तक भारतीय साहित्यकार डा. पिताम्बर अवस्थीलाई हस्तान्त्रण गर्दै निर्वतमान मुख्यमन्त्री प्रकाश रावल
कार्यक्रममा नेपाल र भारतका विभिन्न विधाका साहित्यकार तथा कविहरु, लेखकहरु,राष्टियता पोशाक संरक्षणका अभियान्ताहरु,सास्त्रीय नृत्य तथा गायनका प्रशिक्षकहरुलगायतको उपस्थिती रहेको थियो ।
सहभागीहरुले आज बिहान सुर्योदयसंगै चर्मण्यावती नदीमा स्नान गर्दै विभिन्न विधाका कविता, गित, गजल तथा स्थानीय लोकसंस्कृति झल्किने प्रस्तुतीहरु गरेका थिए ।
प्रतिक्रिया