२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

चिन्तामणी कृषि पेसामा रमाईरहेका छन्

SansherOnline SansherOnline
सोमबार ०१, जेठ २०८० ०८:२३
चिन्तामणी कृषि पेसामा रमाईरहेका छन्

 


बैतडी : बैतडीको मेलौली नगरपालिका- ६ हतरगांका चिन्तामणी भट्ट कृषि पेसामा रमाईरहेका छन् ।  विगत १५ वर्षदेखि भट्ट व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका हुन् ।

अहिले उनी तरकारी खेतीमै व्यस्त छन् । विभिन्न प्रकारका पौष्टिक तत्व प्राप्त हुने हरीया सागपात तथा फलफुलहरु बढी लगाउने गरेको उनले बताएका छन् । उनले तीन वटै मौसमा फल्ने तरकारी खेती गर्दै आएको बताएका छन् ।
 

उनले भने, “हिउँदे, बर्खे र सुख्खायाम गरि तीन मौसममा तरकारी फलाउने गरेको छुँ । विशेष गरि प्याज, लसुन, इसकास, गोलभेडा, मुला, धनिया लगायतका तिनवटै मौसममा फल्ने हरिया सागपात तथा तरकारी लगाउँछूँ ।’’
 

तरकारी खेतीबाटै उनी मनग्य आम्दानी गरिरहेका हुन् ।  तरकारी खेतीमा रमेका भट्टले सोही खेतीबाट परिवारका ७ जना सदस्यको खर्च धानिरहेका बताएका छन् । ४ रोपनि बढीमा तरकारी खेती गरेका उनले सबै किसिमको खर्च कटौती गरेर बार्षिक डेढलाख बढी आम्दानी गरिहेको बताएका छन् । 
 

उनले भने, “तरकारी खेतीबाटै मैले ७ जनाको परिवारको खर्च चलाई रहेको छुूँ । बार्षिक सबै किसिमको खर्च कटौती गरेर डेढलाख बढी रकम बचत हुन्छ ।’’
 

यस्तै उनले सिजनमा ४।५ जनालाई रोजगार दिने गरेको समेत बताउनुभयो ।
 

उनले तुलसा कृषि तथा पोल्टी फार्म दर्ता गरेका छन् । तरकारी संगै उनले कुखुरा पालन समेत गरेका छन् । आफ्नै ३ लाखबढीको लगानिबाट तरकारी खेती तथा कुखुरा पालन गरेको बताएका छन् ।  
 

उनले ढाई वर्ष स्वाहारामा काम गरेको समेत बताउनुभयो । कामको सिलसिलामै कृषि सम्बन्धि विभिन्न तालीम लिएर तरकारी खेती गरेको उनको भनाई छ । 
 

तर, सरकार भने वास्तबिक किसानको पहुँचमा पुग्न नसकेको गुनासो गरेका छन् । आफ्नै ठाउँमा पसिना बगाईरहेका वास्तविक किसानहरुले सरकारको सहयोग नपाउँनु दुखद रहेको बताउनुभयो। 
 

उनले भने, “मैले त केही हदसम्म कृषिज्ञान केन्द्रबाट तथा स्थानीय सरकारबाट सहयोग पाएको छुँ। तर सरकारल् वास्तविक किसानको पहुँचसम्म पुग्न सकेको छैन् ।’’ 
 

सरकारले वास्तविक किसानको स्थलगत अनुगमन गरि सहयोग गर्न तथा विभिन्न तालीमहरु दिइ किसानलाई कृषि पेसामा आकर्षित गराउन मदत गर्नु पर्ने बताउनुभयो। 
 

भट्टले उत्कृष्ट किसानको रुपमा कृषिज्ञान केन्द्रबाट पुरुष्कार समेत पाएका छन् । 

प्रतिक्रिया