२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ

दुई दिने पत्रकार क्षमता विकासको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

SansherOnline SansherOnline
शनिबार ०४, असार २०७९ ०२:१९
दुई दिने पत्रकार क्षमता विकासको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

आशिष् माल बैतडी । बैतडीमा दार्चुला र बैतडीका पत्रकारहरुका लागि दुई दिने पत्रकार क्षमता विकासको लागि अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा दुई दिने पत्रकार क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष योगेश रावलले जानकारी दिनु भएको छ । उनका अनुसार कार्यक्रमको समापनमा प्रमुख अथिती जिल्ला सनुन्वय समिति अध्यक्ष खगेन्द्र धामी रहनु भएको थियो ।

असार ३ गते देखि ४ सम्म संचालन भएको अभिमुखीकरण कार्यक्रममा पहिलो दिन मिडिया के हो प्रेस स्वतन्त्रता, विश्वव्यापी मान्यता ,लोकतन्त्रमा पत्रकारिताको भूमिका र सञ्चारमाध्यमको भूमिका र दोस्रो दिनमा विकास पत्रकारिता ,आर्थिक विकास पत्रकारिता र संघीयता लगायतका विषयमा प्रस्तुतीकरण दिनु भएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, प्रमुख अथिती जिल्ला सनुन्वय समिती अध्यक्ष खगेन्द्र धामी , नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष अर्जुन शाह,प्रदेश उपाध्यक्ष योगेन्द्र बलायर प्रदेस सचीव हरि जोशी  बैतडी जिल्ला पत्रकार महासंघ समिती अध्यक्ष खगेन्द्र अवस्थी,लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया