बैतडी : बैतडीको मेलौलीमा जारी १४औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कराते खेलमा पुर्चौडी नगरपालिकाले ६ श्वर्ण हात पार्दै प्रथम स्थान हासिल गरेको छ । पुर्चौडीले ६ श्वर्ण, ४ रजत र २ कास्य हात पारेको कराते रेफ्री सयोजक ओम प्रकाश पन्तले जानकारी दिए ।
दोस्रो स्थान हासिल गरेको दोगडाकेदार गाउपालिकाले ५ श्वर्ण, ३ रजत र ४ कास्य हात पारेको छ । तृतीय स्थान हासिल गरेको दशरथचन्द नगरपालिकाले १ श्वर्ण, ४ रजत र ४ कास्री हात पारेको छ । डिलासैनी गाउँपालिकाले १ रजत, ३ कास्य र सिगास ४कास्य हात पारेको छ।
प्रतिक्रिया