२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

डडेल्धुरा अस्पतालमा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाईने

SansherOnline SansherOnline
आइतबार २४, भदौ २०८० ०९:१५
डडेल्धुरा अस्पतालमा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाईने

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक पाठेघरको मुखको क्यान्सर विरुद्धको भ्याक्सिन लगाईने भएको छ । नेपाल सरकारका सात वट्र प्रादेशिक अस्पतालबाट लगाईन लागेको भ्याक्सिन सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालबाट लगाईने छ । तर, माग आधारमा भ्याक्सिनको भने अभाव रहेको छ ।

नेपाल सरकार स्वास्थय तथा जनसंख्या मन्त्रालय स्वास्थय सेवा विभाग परिवार कल्याण महाशाखाले आईतबार डडेल्धुरामा आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम एच.भि.पी अभ्यास कार्यक्रम अभिमुखिकरण कार्यक्रम यही भदौ २७, २८ र २९ गते खोप लगाईने जानकारी दिएको छ ।
स्वास्थय निर्देशनालय डोटीका खोप निरिक्षक मिनराज जोशीले दिएको जानकारी अनुसार सुदूरपश्चिममा २० हजार खापको डोज आवश्यक भए पनि पहिलो चरणमा ३८२ डोज मात्रै उपलब्ध भएको छ ।

यसमा पनि विभिन्न कारणले हुने ५ प्रतिशत नोक्सानी घटाई ३६४ डोज मात्रै लगाउन मिल्ने अनुमान गरिएको छ । अस्पतालमा पहिले पुग्नेलाई मात्र लगाईने भएकाले भ्याक्सिनको अभाव हुने उनले बताए । यो भ्याक्सिन अहिले १४ वर्ष उमेर पुगेका किशोरीहरु लाई मात्र लगाईने छ । १० देखि १४ वर्ष उमेर पुगेका किशोरीहरु लाई लागनु पर्ने मापदण्ड भएपनि खोपको अभावमा हाल १४ वर्ष उमेर पुगेका किशोरीहरु लाई मात्र लगाईन लागेको हो ।

२०६५ भदौ ३० देखि २०६६ भदौ ३० गते सम्म जन्मिएका किशोरीहरुको उमेर १४ वर्ष पुगेको हुन्छ । उनले भने, यो मिति भित्र जन्म भएका किशोरीहरुले खोप लगाउन सक्दछन । खोप लगाउने दिन किशोरी संगै आमा अस्पतालमा आए आमाको पनि पाठेघरको जाँच गरिने उनले बताए । यस कारण किशोरी संग आमाले अनियार्व रुपमा उपस्थित भईदिन उनले आग्रह गरे ।

यो भ्याक्सिनको दुई वटा डोज लगाईन्छ । पहिलो डोज लगाएको ६ महिना पछि दोस्रो डोज लगाउनु पर्ने हुन्छ । उनका अनुसार यौन सम्पर्कमा आउनु भन्दा अगाडी नै भ्याक्सिन लगाउदा फाईदा जनक हुन्छ । यस कारण भ्याक्सिन लगाउने उमेर १०–१४ वर्ष तोकिएको छ । यौन सम्पर्कमा आईसकेपछि भ्याक्सिनले सतप्रतिशत काम गर्दैन ।

सर्व प्रथम नेपालमा २०७२ सालमा कास्कि र चितवनमा यो भ्याक्सिन परिक्षणका रुपमा लगाउन सुरु गरिएको थियो । हाल भने सात वटै प्रदेशका संघिय अस्तालहरु बाट खोप लगाउन अभ्यासका रुपमा थालिएको छ । महिलामा मात्रै हेर्दा पाठ्घरको मुखको क्यान्सरको समस्या चौथो स्थानमा रहेको छ भने महिला, पुरुष दुईवटैमा हेर्दा पाँचौ स्थानमा रहेको उनले जानकारी दिए ।

नेपालमा १९ प्रतिशत बढी समस्या पाठेघरको मुखको क्यान्सरको रहेको छ । वीपी मेमोयिल क्यान्सर अस्पताल भरतपुरले गरेको अध्ययन अनुसन्धानका आधारमा सन २०२० यता यसको समस्या बढ्दै गएको छ । एक लाख महिलामा गरिएको अध्ययनले ३९ जनामा संक्रमण भएको देखिएको छ । यसको संक्रमण ३५–६४ वर्ष उमेरका महिलाहरुमा छ ।

संक्रमणले हुने मृत्युदर ६६ प्रतिशत बढी देखिएको छ । नेपालमा क्यान्सरका कारण हुने मृत्युदरमा सबै भन्दा पाठेघरको मुखको क्यान्सर मुख्य कारण बनेको देखिएको छ ।

यसको रोकथामका लागि सबै भन्दा पहिलो भ्याक्सिन, जनचेतना, असुरक्षित यौन सम्पर्क नराख्नु नै हो । स्वास्थय कार्यालय डडेल्धुरा स्वास्थ्य अधिकृत केशर साउदले भने, दोस्रो चरणमा स्क्रिनिङ, उपचार हो । र तेस्रो चरण निदान, उपचार, शल्यक्रिया र रेडियोथेरापी हो । धेरै व्यक्ति संग राखिने असुरक्षित यौन सम्पर्क यसको मुख्य कारण भएकाले सचेतना अपनाउनु पर्ने उनले बताए ।

प्रतिक्रिया