२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

सिगास चुँवाको गौरामा ऐतिहासिक किरिबिरी,केही स्थानमा गौरा विसर्जन

SansherOnline SansherOnline
आइतबार १०, भदौ २०८० ०६:४५
सिगास चुँवाको गौरामा ऐतिहासिक किरिबिरी,केही स्थानमा गौरा विसर्जन

बैतडी : सुदूरपश्चिम तथा कर्णाली भारतको उत्तराखण्ड सम्म मनाईने गौरापर्व यस क्षेत्रको मुख्य पर्व हो।   केही स्थानमा आज गौराको विसर्जन गरिँदै छ । विरुडा पञ्चमीदेखि सुरु भएको गौरा पर्व आज विधिवत् रुपमा विसर्जन गर्न लागिएको हो ।  

भदौ ४ गतेदेखि शुरु भएको गौरा आज केही स्थानमा गौराको विसर्जन गरिएको छन । सिगास गाउँपालिका वडा नं ९ चुँवामा विसर्जनका दिन प्रदर्शन गरिने किरिबिरी प्रसिद्ध रहेको स्थानीय लक्ष्मी शाह चन्दले बताए। 

गौराको अवसरमा किरिबिरी देखाउने परम्परा रही आएको उनले बताए ।  हातमा रुइसको लटि लिइ किरिबिरी खेल खेलिन छ । गौरा पर्वका दिन मुख्य आकर्षणका रुपमा किरिबिरी रहने गरेको छ 

चन्द जातिका दुई जना एक आपसमा हाना हान गर्दछन रिसले नभइ प्रेमले यो खेल खेलिन्छ यस्लाइ किरिबिरी भन्ने गरिन्छ । हेर्नेका लागि टाढाबाट समेत मानिसहरु आउने गर्दछन् । 

ब्रतालु महिलाले गौरापूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्छन् । पुरुषहरुले ठाडोखेल, ढुस्को धमारीलगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्दै नाचगान, भजनकीर्तन पञ्चेबाजा बजाएर गौराको बिदाइ गर्ने गर्छन् । 

महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि गौराको व्रत बसी पूजाआजा गर्ने मान्यता छ । गौरा पर्वमा प्रदेश सरकारले दुई दिन विदा दिए पनि सुदूरपश्चिमका बझाङ, अछाम र बाजुरा जिल्लामा भने गौरा पर्वको खासै प्रभाव छैन । बैतडी,दार्चुला,डोटी र डडेल्धुरामा परम्परादेखि नै गौरा मनाइन्छ ।

पछिल्लो समयमा बैतडी,दार्चुला,डोटी र डडेल्धुरा जिल्लाबाट बसाइसराई गरेर गयकाहरुले तराईको कैलाली र कञ्चनपुरमा पनि गौरा पर्व मनाउने गरेका छन् ।  

प्रतिक्रिया