बैतडी : कर्णाली देखी सुदूरपश्चिम तथा भारतको उत्तराखण्ड सम्म मनाईने गौरापर्व यस क्षेत्रको मुख्य पर्व हो। यतिवेला सुदूरपश्चिम तथा गौरा मनाईने स्थानमा गौराखला हरु रँगीन बनेका छन । देश तथा बिदेशवाट समेत गौराका लागि थातथलोमा फर्कनेहरु समेत गन्तव्यमा पुगिसकेका छन।
दशरथचन्द नगरपालिका ४ मनाईने गौरा पर्वका दिन मुख्य आकर्षणका रुपमा लाखेनाच रहने गरेको छ भट्ट र मार्कण्ड जातिक पाँच वा सात जनाले शरीरमा लुगा नलगई पवित्र रुख विरुवाहरु पातले शरीर ढाकेर हातमा त्रिशुली समातेर लाखेनाच नाचे गौरा मनाउने चलन रहेको छ।
पञ्चदेवलमा शरीरमा रुखका पात बेरेर लाखेनाच नृत्य सहित प्राचीन गौरा पर्व मनाईएको छ। सदरमुकाम नजिकै देवलहाटमा स्थित पञ्चदेवल मा गौरमा मात्र लाख्य लाखेनाच नाचिन्छ ।
गौराका समयमा देवलहाटमा हुने लाखेनाच मन्दिर एकसय मिटर दुरीमा रहेको सुकनाली कुवामा स्नान गरि शरीरमा तरुलका लहर केराकोपात अन्य आयुर्वेदिक लहरा पात प्रयोग गरिन्छ।
लाखेनाच नृत्यमा सहमागी हुनेले कमेरो रातो माटो खरानीको टिक लगाउने चलने रहेको छ। गौरा–महेश्वरको विवाहको सम्झनामा मनाउने परम्परा रहेकाले गौरा खेलाईरहेको अवस्थामा पुरुषहरुले शिवजी जस्तै बनेर लाखे नाच प्रदर्शन गर्ने गरेको उद्धवसिंह मार्कण्डले बताए । उनले भने ‘गौरामा लाखे नाच हुने यो क्षेत्रमा मात्रै हो । यसको प्रचारप्रसार गर्न सकेमा आन्तरिक पर्यटक भित्र्याउन सकिने देखिन्छ ।
शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भनिन्छ।
प्रतिक्रिया