बैतडी : बैतडीमा रोपाई सुरु भएको छ । जिल्लाका अधिकासं ठाउँहरुमा रोपाइँको चटारो परेको छ । खोला किनारका खेतहरुमा अहिले रोपाइँ गर्ने किसानहरुको भिडभाड देख्न सकिन्छ । तर पुरानो परम्परागतरुपमा गरिने रोपाइँको रौनकता लोप हुँदै गएको मेलौली नगरपालिका २ सलेनाकी हसांदेवि चन्दले बताइन् ।
उनले भनन्, “ जेठमहिनाको आधाआधीदेखि साउनसम्म गरिने रोपाइँले गाउँका खेतहरुमा गित, सगुन, फागहरु सुन्न पाइन्थ्यो । रोपाई गर्ने बेला देविदेवताका नामहरु लिने गरिन्थ्यो । फाग सगुन धुमारी गाउने चलन थियो ।
बाउबाँजेको पालामा रोपाइँको समयमा खेतहरु रगिँन र रौनक देखिन्थे । गाउँको मेलमिलाप तथा एकसाथ गरिने कामकाजले छुट्टै किसिमको मायाप्रेम र रौनक हुन्थ्यो । तर नयाँपिढिमा भने पुराना मौलीक कार्यहरु लोप हुँदै गइरहेका छन् । ’’
अहिले पनि खेतहरु रंगिन त देखिरहेका हुन्छन् तर पहिलेको जस्तो कृषिप्रतिको मायामोह भने छैन् । अधिकासं ठाउँमा पानि अभाव हुँदा रोपाइँ गर्न धौधौ रहेको समेत कृषकहरुले बताएका छन् । पानी नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था रहेको पाटनकी कल्पना विकले बताइन् ।
उनले भनिन्, “खोला किनारका ठाउँमा रोपाईं धमाधम भइरहेको छ । तर पानी नभएको ठाउँमा सुख्खा छ । आकाशे पानीको भरमा रोपाइँ गर्नुर्प । वर्षा भएको छैन् । वर्षा भएपछि मात्रै रोपाइ हुने हो ।’’
यो समय रोपाइँको हो । अहिले गाउँगाँमा रोपाइँको चटारो छ । गाउँमा सबै कृषकहरु रोपाँमा व्यस्त र मस्त छन् । तर पहिले जस्तो किसिमले रोपाई लोप भइरहेको कृषकहरुले बताएका छन् ।
बैतडीका अधिकासं ठाउँहरुमा रोपाई धुमधामले भइरहेको छ । राज्यको स्रोत पुगेका ठाउँहरुमा धमाधम रोपाई भइरहेको मेलौलीका इन्द्रदेभ भट्टले बताए ।
उनले जहाँसम्म राज्यको स्रोत पुगेको छ त्यहाँ मात्रै रोपाइँ भइरहेको बताए ।
उनले भने,“आकाशे पानीको भरमा रोपाइँ गरिन्छ । अहिले त जहाँ राज्यको स्रोत (सिंँचाइ) पुगेको छ ति ठाउँहरुमा मात्रै रोपाईँ भइरहेको छ ।’’
पानी अभावहुँदा अधिकासं खेता तथा जमिनहरु बाझो रहने गरेका छन् । खेतमा बढी मेहनत लगाउनुपर्ने तर उब्जनी कम हुने हुँदा कृषकहरु कृषिपेसाबाट पलायन समेत भइरहेका छन् । नयाँपिठको कृषिप्रतिको आकर्षण घटिरहेको हो ।
कृषकलाई कृषिमा आकर्ष गराउनकालागि सकारले सिचाइँको व्यवस्थापन गरिदिए यहाँका नागरिकलाई सहज हुने बताइएको छ ।
प्रतिक्रिया